३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
शनिबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक बोलाएका हुन् ।
१६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।
सभापति देउवाले प्रतिवेदनबारे मङ्गलवार र विहीवार उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए। तर, छलफलमा सहमति जुट्न नसकेपछि पदाधिकारी बैठक बोलाएका हुन्।