९ मंसिर २०८१, आईतवार
एजेन्सी । भारतीय क्रिकेट टिमका पुर्व सदस्य गौतम गम्भीरले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
सामाजिक संजालमा मंगलबार एक भिडियो पोष्ट गर्दै गम्भीरले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । ३७ बर्षिय गम्भीरले फेसबुकबाट सन्यास घोषणा गरेका हुन् ।
‘मैले मेरो राष्ट्रको लागि १५ बर्षभन्दा बढी क्रिकेट खेलेको छु,’ सन्यास घोषणा गर्दै गम्भीरले भनेका छन्, ‘म यस सुन्दर खेलबाट सन्यास लिन चाहन्छु ।’
पुर्व ओपनर ब्याट्सम्यान गम्भीर विश्वकप विजेता खेलाडी हुन् । सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भीरले भारतका लागि ५८ टेष्ट, १४७ एकदिवसीय र ३७ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए ।
गम्भीरले भारतबाट अन्तिम पटक सन् २०१६ मा इंग्ल्यान्डविरुद्धको टेष्ट खेलेका थिए । गम्भीरले आगामी डिसेम्बर ६ मा हुने रणजी ट्रफी खेल्दै खेल जीवनलाई बिट मार्ने छन् ।