९ मंसिर २०८१, आईतवार
एजेन्सी । अष्ट्रेलियाविरुद्वको पहिलो टेष्ट क्रिकेटमा भारतले खराब सुरुवात गरेको छ । एडिलेडमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो दिनको लन्च ब्रेकअघि ४ विकेट गुमाईसकेको छ ।
२७ ओभरको खेल सकिदाँ उसले ४ विकेट गुमाएर ५६ रन बनाएको छ । केएल राहुल २ रनमा आउट हुदाँ मुरली विजय ११, कप्तान विराट कोहली २ र आजिक्या रहाणे १३ रनमा पोविलियन फर्किएका छन् ।
अष्ट्रेलिया र भारतबीचको चार म्याचको टेष्ट सिरिजको पहिलो खेल एडिलेडमा आज सूरु भएको हो । भारतीय टिमले अहिलेसम्म अष्ट्रेलियाको भुमीमा टेष्ट सिरिज जितेको छैन । विराट कोहलीको टिमले यस पटक जित निकाल्ने दाबी गरिएको छ ।
कप्तान कोहलीले समेत अष्ट्रेलियाविरुद्वको सिरिज आफ्ना लागि एक अवसर भएको बताएका छन् । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले चार टेष्ट र तीन वान डे सिरिज खेल्नेछ ।