९ मंसिर २०८१, आईतवार
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई पराजित गरेको छ ।
बर्नलीको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–१ ले पराजित गरेको हो ।
लिभरपुलका लागि जेम्स मिल्नर, रोबर्टो फिर्मिनो र जरदान शाकिरीले एक एक गोल गरे । बर्नलीका लागि ज्याक कोर्कले एक गोल गरे ।
खेलको ५४ औं मिनेटमा कोर्कको गोलबाट बर्नलीले सुरुवाती अग्रता बनाएको थियो । ६२औं मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुललाई खेलमा बराबरीमा ल्याएका थिए । ६९ औं मिनेटमा फिर्मिन्होको गोलबाट लिभरपुलले २–१ को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा शाकिरीले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
जितसँगै लिभरपुलले १५ खेलबाट ३९ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ४१ अंक छ । पराजित बर्नली ९ अंकसहित रेलिगेसन क्षेत्रको १९ औं स्थानमा छ ।