अर्थमन्त्री युवराज खतिवडाले राजीनामा नदिए अनसन बस्छौं : शेयर लगानीकर्ता

होमल्याण्ड खबर

२०७५ मंसिर २० गते, बिहीबार १४:२३ मा प्रकाशित

शेयर लगानीकर्ताले पूँजी बजार बिरोधी भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।

पूँजी बजारको सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्नुपर्ने भन्दै लामो समयसम्म आवाज उठाउँदा पनि वेवास्ता गरेको उनीहरुको आरोप छ ।

शेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री खतिवडाको राजीनामाको मुख्य माग सहित यही मंसिर २३ गते रिले अनशन बस्ने घोषणा गरेका छन् ।

शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट गोपाल कटुवाल स्वामी सहितका ६ जनाद्वारा विज्ञप्तिमा उल्लेख छ ।