९ मंसिर २०८१, आईतवार
एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा ललितपुर प्याट्रीएट्सले चितवन टाइगर्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन बनायो ।
ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए । यस्तै सन्दीप जोरा २५ रन जोडेर अविजित रहे ।
यस्तै गौरव तामोरले ३० रन, जयकिशन कोल्शावालाले २० रन, कप्तान ज्ञानेन्द्र मल्ल ३ रन र सन्नी पटेलले १९ रन बनाए । चितवनका जर्ज स्कटले २ विकेट लिए ।