११ मंसिर २०८१, मंगलवार
अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै शेयर लगानीकर्ताहरुको एक समूह अनशन बसेको छ ।
शेयर बजार सुधारको बाधक अर्थमन्त्री भएको भन्दै उनीहरु नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि उनीहरु अनशनमा बसेका हुन्।
उनीहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अर्थमन्त्रालयले बजार सुधारका धेरै वटा माग संबोधन गर्ने भन्दै कयौं वर्षदेखि अल्झाएको भन्दै यसको यथाशिघ्र कार्यान्वयनको माग गर्दै अनशनमा बसेको बताएका छन्।
बिहान १० बजेदेखि साँझ ५ वजेसम्म अनसन बस्ने कार्यक्रम रहेको र माग पुरा नभएसम्म अनशन चल्ने बताइएको छ ।
अनशनमा गोविन्द पन्त, गोपाल कटुवाल स्वामी, सुजन उप्रेती, सुजिता बराल, सुश्मा ढुङ्गाना सहितका २० लगानीकर्ता अनसन बसिरहेका छन्।
अर्थमन्त्री युवराज खतिवडाले बजार सुधारको लागि भन्दै उच्चस्तरिय समिति बनाए पनि त्यसले अहिलेसम्म कुनै पनि काम नगरेको उनले आरोप उनीहरुको छ ।
यसअघि सेयर लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ।
समूहले अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पुर्याउनुपर्ने लगायतका १० बुँदे माग राख्दै अनशन शुरु गरेको हो। समूहले सेयर बजारलाई सहज बनाउने अभियानमा साथ दिन देशभरका सेयर लगानीकर्ताहरुलाई सचेत रहन आह्वान पनि गरेको छ।