९ मंसिर २०८१, आईतवार
एजेन्सी । अष्ट्रेलियाविरुद्वको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । ११ बर्षपछि भारतले अष्ट्रेलियाको भुमिमा ३१ रनको जित दर्ता गरेको हो । जितसंगै भारतले अष्ट्रेलियाविरुद्वको चार म्याचको टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ ।
३ सय २३ रनको लक्ष्य पछ्याएको घरेलु टोली पाँचौ दिन २ सय ९१ रनमा अलआउट भयो । १ सय ४ रनमा ४ विकेटको क्षतिमा पाँचौ दिनको खेल थालेको अष्ट्रेलियाले १ सय ८७ रन बनाउन बाँकी विकेट गुमायो ।
एडिलेडमा भएकाे खेलमा भारतले पहिलो पालीमा २ सय ५० रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले २ सय ३५ रन बनाएको थियो । तर दोस्रो पालीमा भारतले ३ सय ७ रन बनायो । पहिलो पालीमा १५ रन बढि पाएको भारतले अष्ट्रेलियासामु ३ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
अन्तिम दिन लन्च ब्रेकपछि अष्ट्रेलियाले दोस्रो पालीमा ८ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । अन्तिम दिन ट्रेविस हेड १४, शान मार्स ६०, कप्तान टिम पेन ४१ र मिचेल स्टार्क २८ रनमा आउट भएका थिए ।
भारतका जसप्रित बुम्राहा, रविचन्द्रन आश्विन र मोहमद सामीले समान ३÷३ विकेट लिएका थिए ।