३० कार्तिक २०८१, शुक्रबार
नेपाली काँग्रेसको महासमिति बैठक शुक्रबारदेखि सुरु हुँदैछ । यसका लागि काँग्रेसले कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यक्रमको उद्घाटन भने शुक्रबारको सट्टा शनिबारलाई सारिएको छ ।
सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो । महासमिति बैठकअगाडि नै केन्द्रीय समिति बैठकले विधानलाई अन्तिम रुप दिने प्रयास जारी रहेको छ । प्रयास अहिलेसम्म सफल हुन सकेको छैन ।
केन्द्रीय समिति सफल हुनेमा नेताहरु आशावादी रहेको प्रतिक्रिया दिइरहेका छन् । तर सम्भावना कम हुँदै गएको छ । केन्द्रीय सदस्यको संख्या बढाए पनि पदाधिकारीको संख्या बढाउन हुने नहुनेमा अडान तीव्र छ ।
अब जे हुन्छ महासमितिमै हुन्छ भन्दै नेताहरु अगाडि बढिरहेका छन् ।
मंसिर २८ गते शुक्रबार – रजिष्ट्रेशन एवं स्वागत (काँग्रेस मुख्यालय बीपीनगर सानेपा, दिउँसो २ देखि साँझ ५ बजेसम्म)
मंसिर २९ गते शनिबार –उद्घाटन समारोह (बिहान ११ बजे, यगम्बर पार्टी प्यालेस –सिंहदरवार अगाडि)
बन्द सत्र– मंसिर २९ गते शनिबार, पुस १ गते आइतबार र पुस २ गते सोमबार, पुस ३ गते मंगलबार (उद्घाटन समारोह समापन लगत्तै बन्द सत्र सुरु भई पुस ३ गतेसम्म चल्नेछ । बन्द सत्र यगम्बर पार्टी प्यालेसमै हुनेछ, बन्द सत्र बिहान ८ देखि साँझ ५ बजेसम्म बस्नेछ) ।