३० कार्तिक २०८१, शुक्रबार
नयाँ प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियुक्त गर्ने निर्णय भएको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषदको बैठकले जबरालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीशका लागि न्याय परिषदले जबरा र पहिले अयोग्य घोषित भइसकेका न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेर पठाएकामा संवैधानिक परिषदले जबराको नाम अगाडि बढाएको हो ।