फास्ट ट्रयाक प्रभावितको मुआब्जा वृद्धि गर्न सकिदैनः गृहमन्त्री बादल

होमल्याण्ड खबर

२०७५ मंसिर २७ गते, बिहीबार १६:३६ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने बताएका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै बादलले स्थानीयले जग्गाको मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने धारणा राखेका हुन्।

विभिन्न आयोजनाका लागि जग्गा अधिग्रहण गरिएको देशका धेरै ठाउँबाट मुआब्जा वृद्धिका लागि निवेदन आएको भन्दै मन्त्री थापाले भने, ‘खोकनाको लागिमात्र विशेष व्यवस्था गर्न सकिदैन । कि त मापदण्ड बदल्नुपर्यो्, मापदण्ड अनुसार जाने हो भने मुआब्जा बढाउन सकिदैन।

बैठकमा बोल्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले फास्ट ट्रयाकका काम विधिसम्मत तरिकाले अघि बढीरहेको बताए ।

पोखरेलले फास्ट ट्रयाक निर्माणको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० माघ दोस्रो सातासम्म तयार हुने जानकारी समितिलाई गराएका थिए ।