च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक

होमल्याण्ड खबर

२०८२ जेष्ठ १२ गते, आईतवार १५:१६ मा प्रकाशित

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा र पार्टीको सांगठनिक गतिविधिबारे छलफल हुने एजेन्डा छ ।

यसका साथै राजावादीहरूका गतिविधिबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।