नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्र शुरु

होमल्याण्ड खबर

२०७५ पुष १ गते, आईतवार १४:४१ मा प्रकाशित

नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्र शुरु भएको छ ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको बैठकको आज तेस्रो दिन आज बन्द सत्र सुरु भएको हो ।

बन्द सत्रमा आज तीन वटै प्रस्तावहरु महामन्त्री डा. शशाङ्क कोइरालाले पेश गरेको ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा. प्रकाशशरण महतले पेश गरेको पार्टीको ‘आर्थिक प्रस्ताव’ माथि छलफल हुनेछ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुनेछ ।

विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ

सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ ।