९ मंसिर २०८१, आईतवार
एभरेष्ट प्रिमियर लिग (ईपीएल) को समूह चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङ गरिरहेको विराटनगर वारियर्सले ८ ओभरको समाप्तीमा ४६ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ७ ओभर सकिँदा विराटनगरले ४ विकेट गुमाएर ४६ रन बनाएको छ । विराटनगरका ब्याट्सम्यान लगातार विकेट झर्दा दबाबमा देखिएका छन् ।
विराटनगरका लागि सुमित महर्जन २ रन र भान डेर ममेरवे १ रनमा खेलीरहेका छन् । विराटनगरले यसअघि कप्तान पारस खड्का, अनिल शाह, आसिफ शेख र बाबर हायत आउट भएका छन् ।
काठमाडौंका लागि केभिन ओब्राइन, रोहन मुस्तफा, जितेन्द्र मुखिया र पसनित शाहले समान एक—एक विकेट लिएका छन् । काठमाडौंका कप्तान सोमपाल कामी चोटग्रस्त रहेका कारण काठमाडौंको कप्तानी युएईका कप्तान रोहन मुस्तफाले गरीरहेका छन् ।