३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै नबसी स्थगित भएको छ ।
सोमबार पदाधिकारी कति बनाउने भन्ने विषयमा छलफल गर्न बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
महासमिति बैंठक स्थगित गरेर बस्न लागेको बैठक पुनः वेलुका ६ बजे बस्ने जनाइएको छ । सभापति देउवाले महासमिति बैठक सञ्चालनको जिम्मेवारी उपसभापति विजयकुमार गच्छदारलाई दिएर केन्द्रीय समिति बैठकमा जान लागेपनि सभाबाट सभापति विनाको बैठक हुन नसक्ने भन्दै विरोध भएपछि केन्द्रीय समिति बैठक बस्न नसेको बताइएको छ ।