३० कार्तिक २०८१, शुक्रबार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज बस्दैछ ।
प्रदेश र संघबीच देखिएका कतिपय असमझदारी न्यूनीकरण गर्ने अपेक्षा गरिएको अन्तरप्रदेश परिषद्को दोस्रो बैठक मंगलबार बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
परिषद्को पहिलो बैठक गत मंसिर २३ र २४ गरी २ दिनसम्म बसेको थियो ।
आजको बैठकमा पहिलोपटक बसेको अन्तरप्रदेश परिषद्को बैठकबाट गठित उच्चस्तरीय कार्यदलले कार्ययोजनासहितको प्रतिवेदन पेस हुने र प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा परिषद्का सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्री कार्यालयका सचिवको समेत सहभागिता रहने बताइएको छ।