२७ फाल्गुन २०८२, बुधबार
समयमा नै सावधानी अपनाउन नसके यो वर्ष ६० हजारभन्दा बढी लाई डेंगु संक्रमण हुन सक्ने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ।
महाशाखाले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी समेत गरिसकेको बताएको छ। डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालको सुझाव छ।


पतm अबलअभच
साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रामा डेंगु सङ्क्रमण बढ्ने उच्च जोखिम रहेको उनले बताए। उनका अनुसार हालसम्म ७३ जिल्लाबाट १६ सयको हारहारीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने उनी बताउँछन्।
बचथब लभगचय
उनका अनुसार तथ्याङ्कमा डेंगु सङ्क्रमण कम देखिएको छ तर १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा आएका छैनन्। ‘सङ्क्रमण फैलिने सम्भावना उच्च छ। डेंगु बढ्ने अनुमानका साथ कार्ययोजना तथा प्रदेशसँग समन्वय गरी डेंगु नियन्त्रण गर्ने तयारी गरिएको छ ’ उनले भने, ‘यो आर्थिक वर्षका लागि डेंगु नियन्त्रण गर्न करिब १० करोड बजेट विनियोजन छ।’
धभद तचबष्लष्लन अयलअभचल
‘ठ्याक्कै कति संक्रमित पुग्छन् भनी संख्या नै किटान गर्न सक्ने अवस्था हुँदैंन। मानिसले कसरी सावधानी अपनाउन सक्छन् भन्नेले त्यसलाई यकिन गर्ने हो,’ उनले थपे, ुउक्त स्थानमा डेंगु संक्रमण गराउने लामखुट्टे छन् भन्नेले त्यो यकिन गर्छ।ु
गत वर्ष झै मानिसले सावधान नअपनाउने हो भने यो वर्ष अवश्य नै डेंगु संक्रमण बढ्नेमा कुनै पनि दुईमत नरहेको उनको तर्क छ।
हालसम्म सबैभन्दा बढी संक्रमित गण्डकी प्रदेशमा कम कर्णालीमा
महाशाखाका अनुसार हालसम्म कुल १,६७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामात्रै ७१ जना नयाँ संक्रमित थपिएका छन्। गण्डकी प्रदेशमा सबैभन्दा धेरै २० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्णालीमा सबैभन्दा कम १ जना मात्र पुष्टि भएका छन्। बागमती प्रदेशमा ४०४ जना,गण्डकीमा ३५८ जना, कोसी प्रदेशमा ३३४,लुम्बिनी प्रदेशमा २७८,सुदूरपश्चिममा २३२,कर्णालीमा ३६,मधेस प्रदेशमा ३१ जना संक्रमित रहेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार डेंगु संक्रमण नेपालभर भएपनि गम्भीर अवस्थामा बिरामी हालसम्म अस्पताल आइपुगेका छैनन् । यस वर्ष डेंगु संक्रमण बढ्ने प्रक्षेपण गरिएकोले संक्रमण लाग्न नदिनका लागि सतर्क हुन डा बसौलाको अनुरोध छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले महाशाखाले आवश्यक सतर्कता अपनाएका कारण नै हालसम्मै स्थिती नियन्त्रणमा रहेको बताए । स्थानीय निकायहरुमा लार्भा नष्ट गर्नका लागि ८ करोड बराबरको रकम विनियोजन गरिसकिएको उनले जानकारी दिए।
डेंगु नियन्त्रणका लागि चाँडै नै अन्य कार्यक्रम ल्याउने तयारी महाशाखा गरेको छ । यस वर्ष डेंगु संक्रमण बढ्न सक्ने आंकलनसहित महाशाखाले नियन्त्रणका लागि महाअभियानको सुरु गरिएको डाक्टर झाको दाबी छ।
गत वर्ष देशभर ५० हजारमा डेंगु संक्रमण, १५ ले ज्यान गुमाए
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी०को तथ्याङ्क अनुसार गत वर्ष ४५ हजार भन्दा बढीलाई डेंगु संक्रमण भएको थियो । संक्रमणबाट हालसम्म १५ जनाले ज्यान गुमाएका थिए ।
डेंगु कसरी सर्छ रु
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ। डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ।
डेंगुका लक्षण के(के हुन्रु
– उच्च ज्वरो,
– कडा खालको टाउको दुखाइ हुने,
– आँखाको गेडी पछाडि दुख्ने,
– मांसपेसीको दुखाइ,
– वाकवाक लाग्ने र वान्ता हुने
कसरी गर्ने डेंगुको रोकथाम रु
– डेंगु विरुद्दको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्ने,
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने,
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने,
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्ने,
– लामखुट्टेको टोकाइबाट बच्ने,
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने,
– झुलको प्रयोग गर्ने