१४ मंसिर २०८१, शुक्रबार
काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ । केन्द्रीय समितिबाट पार्टीको प्रस्तावित विधान पारित भएर नआएकाले बैठक स्थगित भएको हो ।
विधान पारित गर्नका लागि केन्द्रीय समिति बैठक आज (मंगलबार) बिहान ८ बजे बस्ने भनिए पनि औपचारिक रुपमा अझै सुरु हुन सकेको छैन । महासमिति बैठकस्थलमा विधान चाहियो भनेर सहभागीहरुले होहल्ला गरेपछि बैठक स्थगित भएको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए । केन्द्रीय समितिबाट विधान पारित भएर आएपछिमात्र बैठक सुचारु हुनेछ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने केन्द्रीय समिति बैठक अनौपचारिक रुपमा बसिरहेको र अहिले ब्रेकमात्रै लिइएको बताएका छन् ।