सोविता गौतमको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

होमल्याण्ड खबर

२०८२ असार २४ गते, मंगलवार १६:०५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्रीको भ्रमणबारे दिएको अभिव्यक्तिप्रति नेकपा एमालेको आपत्ति जनाएको छ । प्रमुख सचेतक महेश बर्तौलाले बोल्दै प्रधानमन्त्री लक्षित कपोकल्पित र भ्रामक आरोप लगाएको बताए ।

उनले सांसद गौमतको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे। प्रधानमन्त्रीको साथमा गएर को नफर्केको प्रमाण पेस गर्न संसद मार्फत् नै जानकारी गराउन चुनौती दिए ।

बर्तौलाले यो अभिव्यक्ति दिएपछि प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्ने भन्दै माओवादीले आपत्ति जनायो। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बोल्दै प्रश्न उठेपछि सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

सदनमा उठेको विषयमा सांसदहरुले नै जवाफ दिएर सदनलाई हेपेको आरोप लगाए ।