प्रधानमन्त्री ओलीले सामान्य प्रशासनमन्त्री गुप्तालाई बालुवाटार बोलाए

होमल्याण्ड खबर

२०८२ असार ३० गते, सोमबार ११:२७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । गुप्ता बालुवाटार पुगिसकेका छन् ।

घुसकाण्डमा विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएका हुन् । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएको छ ।

कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ ।