विद्याको पक्षमा खुलेका थप तीन नेतालाई एमालेमा कारबाही

होमल्याण्ड खबर

२०८२ श्रावण १९ गते, आईतवार ११:२० मा प्रकाशित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेपछि एमालेले थप तीनजना नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

एमालेले भण्डारीको पक्षका खुलेका पार्टीनिकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

महासंघले स्थायी किमिटि सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

स्पष्टीकरण सोध्नुका साथै आवश्यक छानबिन गरी कारबाही अघि बढाउने जिम्मा अनुशासन आयोगलाई दिइएको महासंघले जनाएको छ । उनीहरुले सामाजिक सञ्जालमा पार्टीबारे अराजक अभिव्यक्ति राखेको आरोप छ । महासंघले अध्यक्ष केपी ओलीविनाको एमाले कल्पना गर्न पनि नसकिने निष्कर्षसमेत निकालेको छ ।

यसअघि एमालेले भण्डारीको पक्षमा खुलेका युवा संघसहित विभिन्न भ्रातृ संगठनका नेता र कार्यकर्तालाई कारबाही गरेको छ।