२४ फाल्गुन २०८२, आईतवार
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज सपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र सपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।
बानियाँसंगै नेकपा एमालेका तर्फबाट मन्त्रीले पनि आजै सपथ ग्रहण गर्ने छन् । एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई सपथ लिने एक सांसदले जानकारी दिए ।


उनका अनुसारएमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने र अन्य ५ जना नयाँलाई अवसर दिइने छ ।
एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागीता जनाउदैँ छ भने दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर रहेका छन् ।
उनलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ भने जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुधन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनाउने एमालेको तयारी छ । उनका अनुसार एमालेबाट मन्त्री व्यक्ति टुंगिएपनी मन्त्रालयको बारेमा भने फेरबदल हुन सक्ने ती सांसदले जानकारी दिए ।