२४ फाल्गुन २०८२, आईतवार
राप्रपा सांसद एवं कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिका सदस्य रोशन कार्कीले ठुला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताएकी छन् ।
विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठुला दलका दम्भका कारण चाहेको जस्तो निष्कर्ष निकाल्न नसकिएको बताइन् । उनले प्रतिवेदनमा नैतिकता भन्ने शब्द राख्ने विषयमा सहमति जुट्न नै दुई दिन लागेको उल्लेख गरिन । नैतिकता भन्ने शब्दसँग ठुला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठुलो दबाब दिनुपरेको उनको भनाइ छ ।


कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दबाबले कुलिङ अफ पिरियड चलखेल गरेको पाइएको समेत बताए ।