२४ फाल्गुन २०८२, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवात मै रास्वपाका तर्फबाट बोलेको सांसद मनिष झाले ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीमा दोषी देखिएको भन्दै सभापति खतिवडाको राजीनामा माग गरेका हुन् ।


‘अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ । कि मेरो नाम लेखिएको छैन भनेर हुन्छ रु यहाँ पदको नाम लेखिएको छ,’ उनले भने, ‘जिम्मेवारीपनको नाम लेखिएको छ, नालायकीपनको नाम लेखिएको छ । हामी राजीनामा माग्दछौँ । हाम्रो आन्दोलनमा एउटा मुद्दा थपिएको छ, राज्य व्यवस्था समितिका सभापतिको राजीनामा ।’
सांसद झाले ‘कुलिङ अफ पिरियड’मा समिति सभापति खतिवडामाथि नैतिक प्रश्न उठेको बताए । उनले विगतमा सञ्चारमाध्यमहरूमा समाचार आउँदा रास्वपालाई नैतिक प्रश्न सोधिने गरेको स्मरण गरे ।
‘कुलिङ अफ पिरियडमा राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । यस्तै–यस्तै छापाखानाहरूमा समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो,’ झाले भने, ‘अब उहाँलाई नैतिक प्रश्न– यो नालायकीपनको जवाफ कल्ले दिने रु यसको जिम्मेवारीपनको जवाफ कसले दिने रु मेरो नाम लेखिएको छैन भन्दैमा उम्किन पाइन्छ रु’