२६ फाल्गुन २०८२, मंगलवार
अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक छन् ।
टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको ज्यान गएको सीबीएस न्युजले जनाएको छ ।


ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् । उनकी श्रीमती रञ्जनाको माइत भने काठमाडौंमा छ ।