गुन्डा नाइके राजु गोर्खाली पक्राउ

होमल्याण्ड खबर

२०८२ भाद्र १ गते, आईतवार १५:५० मा प्रकाशित

गुन्डा नाइकेको नामले चिनिने राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो ।

उनीबारे बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।