२४ फाल्गुन २०८२, आईतवार
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन् । यसका लागि मंगलबार दुवै दलले आफ्ना सांसदलाई सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बोलाई हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच छलफल भएको थियो। त्यही छलफलपछि मंगलबारै प्रक्रिया अघि बढाइएको हो । उपसभामुखले अमेरिकी दूतावासमा पत्र पठाएर भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेपछि विवादमा तानिएकी थिइन् ।


कांग्रेसले बिहानै बूढानीलकण्ठमा पदाधिकारी बैठक बस्दै सांसदलाई दिउँसो २ बजेसम्म दल कार्यालयमा उपस्थित हुन भनेको छ। एमालेले पनि आकस्मिक संसदीय दल बैठक बोलाएको छ।
तर, विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले यसलाई सचेतपूर्वक प्रतिवाद गर्ने चेतावनी दिएको छ।
उपसभामुख हटाउन प्रतिनिधिसभामा कूल २७५ को दुई तिहाइ ९१८४ मत० आवश्यक पर्छ। कांग्रेस ९८८०, एमाले ९७८०, जसपा ९७०, लोसपा ९४० र जनमत ९६० को मत जोड्दा दुई तिहाइ पुग्दैन। त्यसैले कांग्रेस–एमालेले नेकपा ९एकीकृत समाजवादी० को सहयोग खोज्ने तयारी गरेको बुझिएको छ। यद्यपि, एकीकृत समाजवादीले के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको बुझिएको छ ।
राना मगर रास्वपाबाट निर्वाचित सांसद हुन्। माओवादी, एमाले र रास्वपाको समर्थनमा उनी उपसभामुख बनेकी थिइन्।