२६ फाल्गुन २०८२, मंगलवार
नेपालस्थित अमेरिकी दूतावासले सबै प्रकारका भिसा आवेदनमाथि कडाइका साथ परीक्षण गरिने जानकारी दिएको छ ।
बुधबार सार्वजनिक सूचना जारी गरेर दूतावासले भिसासम्बन्धी ठगी भइरहेकाले यसलाई रोक्न सबै प्रकारका भिसा आवेदनमाथि कडाइका साथ परीक्षण हुने जानकारी दिएको हो ।


साथै, दूतावासले भिसाका सम्बन्धीमा कुनै ठगी भइरहेको जानकारी भए दूतावासलाई अवगत गराउन पनि आह्वान गरेको छ ।
केही ठगी व्यक्तिका कारण सबै भिसा आवेदनमाथि थप कठाइ गर्नुपरेको भन्दै दूतावासले कडा छानबिनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्ने जानकारी दिएको छ ।
केही व्यक्तिहरूका कारण सबै भिसा आवेदनहरूमाथि थप कडाइका साथ जाँच हुने अवस्था सिर्जना हुन्छ । हामी कडा छानबिनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्छौं र हाम्रा अधिकारीहरूले ठगीलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छन्,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ, ‘यदि तपाइँलाई भिसासम्बन्धी ठगीको जानकारी छ भने कृपया fraudktm@state.gov मा रिपोर्ट गर्नुहोस् ।’
