२४ फाल्गुन २०८२, आईतवार
नेपाली कांग्रेसका महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दा उठाउन सुझाव दिएका छन् । हालै लिपुलेकको विषय पुनः चर्चामा आएपछि शर्माले यो सुझाव प्रस्तुत गरेका हुन् ।
उनले सरकारले यो मुद्दामा चाल्नुपर्ने ६ कदमबारे सुझाएका छन् । भारत र चीन दुवै छिमेकीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै शर्माले लेखेका छन्, ‘ऐतिहासिक तथ्यका आधारमा दुवै छिमेकीलाई विश्वासमा लिन आवश्यक छ । प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयले प्राथमिकता पाउनुपर्छ ।


’उनले लिपुलेक मुद्दामा सर्वदलीय र सर्वपक्षीय बैठक बोलाउन सरकारसँग आग्रह गरेका छन् । यस्तो बैठकबाट एकताबद्ध दृष्टिकोण र साझा प्रतिबद्धता निर्माण गर्नुपर्ने उनको जोड छ ।
यस्ता छन् विश्वप्रकाशले सुझाएका ६ पहलहरू
१) सर्वदलीय / सर्वपक्षीय बैठक सरकारको आह्वानमा ।
२) बैठक मार्फत विकसित घटनाक्रममा हाम्रो एक्यवद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण ।
३) हाम्रो संसदले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको `चुच्चे नक्सा´ प्रती देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता ।
४) भारत र चीन बिच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमति उपर नेपालले पठाएको कुटनैतिक नोट समेत स्मरण गराउँदै पछिल्लो सहमति उपर पुन कुटनैतिक नोट ।
५) ऎतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषय प्रवेश ।
६) नेपाल-भारत सिमा र सम्बन्धबारे बौद्धिक सुझावका लागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समुह EPG (Eminent Persons Group ) को ७ बर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य विषयहरु समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव ।