चीनको बेइजिङमा चिनियाँ भिक्ट्री परेड

होमल्याण्ड खबर

२०८२ भाद्र १८ गते, बुधबार १०:२४ मा प्रकाशित

चीनको राजधानी बेइजिङमा चिनियाँ भिक्ट्री परेड गरिएकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले परेडलाई सम्बोधन गर्दै चीनलाई कुनै पनि धाकधम्कीबाट नतर्सिने बताएका छन् । उनले चीन सधैं अगाडि बढिरहने देश भएको दाबीसमेत गरेका छन् ।

चिनियाँ परेड कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङसहित विभिन्न २६ राष्ट्रका प्रमुख र सरकार प्रमुख सहभागी भएका छन्। सी, पुटिन र किम एकैपटक भेटेको यो पहिलो अवसर हो। परेडमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।