२६ फाल्गुन २०८२, मंगलवार
नेपाल प्रहरीका नवनियुक्त आईजीपी चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह लगाएका छन् ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आईजीपीको फुली लगाइदिएका हुन् ।


यसअघिका आईजीपी दिपक थापाले १८ भदौ मध्यरातबाट अवकाश पाएसँगै आजबाट खापुङले नेपाल प्रहरीको कमाण्ड सम्हालेका छन् ।
यही भदाै १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो ।