फेसबुकसहितका सामाजिक सञ्जाल अब नेपालमा नचल्ने

होमल्याण्ड खबर

२०८२ भाद्र १९ गते, बिहीबार १४:५९ मा प्रकाशित

सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युब र एक्ससहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

सरकारले बिहीबारदेखि नै उक्त निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।

सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो ।