गृहमन्त्री अर्यालद्वारा पदबहाली

होमल्याण्ड खबर

२०८२ भाद्र ३० गते, सोमबार १४:०४ मा प्रकाशित

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पद बहाली गर्नुभएको हो ।

अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।