मन्त्री कुलमान घिसिङले पनि कुनै सेवा सुविधा नलिने

होमल्याण्ड खबर

२०८२ भाद्र ३० गते, सोमबार १५:३६ मा प्रकाशित

अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने भएका छन् ।

सोमबार पदभार ग्रहणका क्रममा मन्त्री घिसिङले आफूले पाउने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने र सुरक्षा र अन्य सुविधासमेत नलिने घोषणा गरेका हुन् ।