पहिलो महिला महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

होमल्याण्ड खबर

२०८२ भाद्र ३० गते, सोमबार १५:४३ मा प्रकाशित

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । शपथ ग्रहण समारोह सर्वोच्च अदालतमा  भएको हो ।

प्रधानन्यायाधीश राउतले आयोजित विशेष कार्यक्रमबीच भण्डारी बराललाई शपथ गराएका थिए । कार्यक्रममा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ललगायत उच्च न्यायिक अधिकारीहरूको उपस्थिति थियो । शपथ ग्रहणपछि भण्डारी बरालले महान्यायाधिवक्ता कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।