होमल्याण्ड खबर
२०८२ भाद्र ३१ गते, मंगलवार १२:४९ मा प्रकाशित
प्रधानमन्त्री शुशीला कार्कीले सोमबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर विश्वप्रसिद्ध आँखा शल्य चिकित्सक डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन्।
मन्त्रीपरिषद् पूर्णताका विषयमा छलफल गरिरहेको सन्दर्भमा डा रुइतसँग पनि भेटवार्ता गरेकी हुन्।
भेटपछि सञ्चारकर्मीले डा. रुइतलाई ‘क्याबिनेटमा आउने हो?’ भनेर प्रश्न गरेका थिए। उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै ‘बिरामी छाडेर सरकारमा जाने?’ प्रतिप्रश्न गरेका थिए।
उनले आफू राजनीतिमा होइन, उपचारमा समर्पित रहने प्रष्ट पारे। तर प्रधानमन्त्री कार्कीले सो प्रसंगमा कुनै प्रतिक्रिया जनाइनन्।
डा. रुइत लामो समयदेखि आँखा उपचार क्षेत्रमा सक्रिय रहँदै अन्तर्राष्ट्रिय स्तरमै नेत्र चिकित्सामा योगदान पुर्याएको व्यक्तित्व हुन्। उनलाई विज्ञहरु सम्मिलित अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री हुनसक्ने सूचीमा राखिएको छ। तर, उनले रुचि देखाएका छैनन्।