‘प्रचण्ड’ले गरे पार्टीको नयाँ कार्यालय भवन बनाउने घोषणा

होमल्याण्ड खबर

२०८२ भाद्र ३१ गते, मंगलवार १३:३० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन् ।

उनले भने, ’अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ।’

जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको सुरक्षामा रहेका प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए । सो क्रममा उनले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन् ।
साथै उनले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।