प्रधानमन्त्री कार्की र समकक्षी मोदीबीच भर्चुअल वार्ता हुने

होमल्याण्ड खबर

२०८२ भाद्र ३१ गते, मंगलवार १५:४५ मा प्रकाशित

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भर्चुअल वार्ता हुने भएको छ। उनीहरूबीच भर्चुअल वार्ता हुन लागेको स्रोतले जानकारी दिएको छ। यद्यपि समय भने टुंगो लागेको छैन। ‘दुवै पक्षको आपसी सहमतिमा छिट्टै उहाँहरूबीच वार्ता हुन्छ,’ स्रोतले भन्यो।

जेनजी समूहको प्रस्तावको कार्की प्रधानमन्त्री भएपछि समकक्षी मोदीले बधाई ज्ञापन गरेका थिए। उनले मणिपुर पुगेर पनि प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए।