२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हला १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर २ हजार ६२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाका २ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।