महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

होमल्याण्ड खबर

२०८२ आश्विन ९ गते, बिहीबार १६:०३ मा प्रकाशित

नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले २०२६ को साफ च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको हो।

उनलाई बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरेका हुन्। नेपाली महिला टिमको सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त भएका छन्। वृन्दा देवानले टिम व्यवस्थापक, शिला गिरी र विकास गुरुङले क्रमशः फिजियोथेरापिस्ट र किट व्यवस्थापकको जिम्मेवारी पाएका छन्।

यसअघि पुरुष टिमको यु(२३ प्रशिक्षकको रूपमा एएफसी एसियन कप छनोटमा न्यौपानेले जिम्मेवारी सम्हालिसकेका छन्। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी महिना भारतको सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। त्यसपछि महिला टोलीले इन्डोनेसियामा सिरिज खेल्ने तालिका एन्फाले सार्वजनिक गरेको छ।