सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो

होमल्याण्ड खबर

२०८२ आश्विन १० गते, शुक्रबार १२:०७ मा प्रकाशित

हिजो घटेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँ थियो । असोज ८ गते बुधवार अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख २३ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५५ रुपैयाँले बढेर तोलाको दुई हजार सात सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार ६ सय ८५ रुपैयाँ थियो ।