२२ फाल्गुन २०८२, शुक्रबार
सुनको मूल्यमा आज वृद्धि भएको छ भने चाँदीको मूल्य भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो । १० ग्रामको मूल्य पनि मंगलबारको २ लाख १ हजार ८२० रुपैयाँबाट बढेर आज २ लाख ४ हजार ४५ रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।


यसैगरी मंगलबार तोलाको २ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९५५ रुपैयाँमा पुगेको छ, अर्थात् तोलामा ५ रुपैयाँले सस्तो भएको हो । १० ग्राम चाँदीको मूल्य पनि २ हजार ५३८ रुपैयाँबाट घटेर २ हजार ५३३।५० रुपैयाँ पुगेको छ ।
ीबहmष् कगलचष्कभ दबलप
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव र सुनप्रतिको माग बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य फेरि उकालो लागेको बताइएको छ ।