२६ फाल्गुन २०८२, मंगलवार
काठमाडौंको कपन पैयुँटार पानी फ्याक्ट्री नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आइतबार बिहान मृत्यु भएको छ ।


मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौं कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
‘गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुँटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो’, एसपी सुवेदीले भने ।