दलहरुले जेनजीसँग संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ : चन्द्र भण्डारी

होमल्याण्ड खबर

२०८२ आश्विन २८ गते, मंगलवार १४:१४ मा प्रकाशित

नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मंगवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताए ।

उनले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रिय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताए ।

उनका अनुसार बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने विषयमा समेत निर्णय गर्नेछ ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि बताए ।

नेपाली काँग्रेसले अन्य राजनीतिक दलहरु र जेनजी पुस्ताहरुसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

उनले समानुपातिक सांसदहरुलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरुरी रहेको बताए ।