भारतसँग आयात–निर्यात व्यापार निर्देशिका २०१८ परिमार्जन

होमल्याण्ड खबर

२०७५ पुष ९ गते, सोमबार १२:३० मा प्रकाशित

भारतसँग आयात–निर्यात व्यापार निर्देशिका, २०१८ परिमार्जन गरेको छ । अब नेपालमा रहेका सबै किसिमका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली छिमेकी भारतले आयात गर्ने बाटो खुलेको छ ।

भारतले ‘विद्युत आयात–निर्यात ९क्रसबोर्डर व्यापार०, २०१८’ निर्देशिका परिमार्जन गर्दै आफूले लगानी गरेको बाहेक अन्य आयोजनाबाट उत्पादित बिजुली पनि किन्ने भएको हो । यससँगै नेपालबाट उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ ।

यसअघि भारतले देशबाहिरबाट बिजुली ल्याउँदा त्यस्तो विद्युत उत्पादन कम्पनी भारत सरकार वा भारतीय कुनै सार्वजनिक निकायको स्वामित्वमा रहेको आयोजनबाट मात्र किन्ने गरेको थियो । त्यसैगरी भारतले लगानी गरेको अथवा ५१ प्रतिशत वा त्यसभन्दा बढी भारतीय स्वामित्व भएका कुनै निजी कम्पनीले लगानी गरेको आयोजनाबाट भारतले विद्युत आयात गथ्र्यो ।

भारतको यही निर्देशका कारण विदेशी लगानीकर्ताले लगानी गरेको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत निर्यात हुन सकेको थिएन । भारतको नयाँ नियमपछि सरकारी र इजाजतप्राप्त कम्पनीबीच सम्झौता हुनसक्ने छ तर, भारतमा बिजुली किन्न चाहने कम्पनीले सरकारबाट अनुमति भने लिनुपर्ने छ ।