२३ फाल्गुन २०८२, शनिबार
सभामुख देवराज घिमिरेले संसद् विघटनबारे छलफल गर्नको लागि दलहरूसँग छलफल सुुरु गरेका छन् । सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।
बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भइरहेको सभामुखको सचिवालयले जनाएको छ। बैठकमा उपसभामुख इन्दिरा रानापनि सहभागी छिन् ।


बैठकमा प्रमुख दलका तत्कालीन प्रमुख सचेतकहरू छन् । एमालेबाट महेश बर्तौला, कांग्रेसबाट श्याम घिमिरे, राप्रपाबाट ज्ञानेन्द्र शाही, माओवादीबाट हितराज पाण्डेलगायत तत्कालीन प्रमुख सचेतकहरु सहभागी भएका छन् ।
सभामुखले राजनीतिक दलसहित कानुन व्यवसायी र विज्ञहरूसँग पनि संसद् विघटनबारे राय लिइरहेका छन्।
संसद् विघटन असंवैधानिक भएपछि कांग्रेस एमालेबाहेक अरू दल निर्वाचनमा जानुको विकल्प नभएको पक्षमा उभिएका छन्। संसद् विघटनबारे सर्वोच्च अदालतमा पनि रिट परिसकेको छ।