राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

होमल्याण्ड खबर

२०८२ आश्विन ३० गते, बिहीबार १०:३६ मा प्रकाशित

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग आज छलफल गर्ने भएको छ। प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनको प्रयोजनका लागि आयोगले दलहरूसँग छलफल गर्न बोलाएको हो । बिहान साढे ११ बजे कार्यालयमा बोलाएको आयोगले जनाएको छ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।