२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा भण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको हो । २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।


बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ । मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुईथरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।