२२ फाल्गुन २०८२, शुक्रबार
कर्णाली याक्स स्पोर्टस् प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा आज (सोमबार) ट्यालेन्ट हन्ट आयोजना गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णालीले स्थानीय प्रतिभावान खेलाडीको खोजी गरेको हो ।
गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन् ।दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।

