भीम रावल पनि ८ दलीय एकतामा आउने प्रचण्डको दाबी

होमल्याण्ड खबर

२०८२ कार्तिक १९ गते, मंगलवार १६:२७ मा प्रकाशित

माओवादी महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एसलगायत दलसँग पार्टी एकताको प्रस्तावलाई अनुमोदन गरेको छ । संयोजक पुष्पकमल दाहालले एकतासम्बन्धी पेस गरेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

‘एकतासम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ,’ प्रज्ञा प्रतिष्ठामा आयोजित बैठकमा सहभागी एक नेताले भने, ‘संयोजकले पार्टी एकताका लागि पूर्व एमाले नेता भीम रावलसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो ।’

बैठकमा दाहालले एकीकृत पार्टीले समाजवादी क्रान्ति अघि बढाउने भन्दै यो अभियान नरोकिने बताए ।